असार १५ नेपालीहरुले धान दिवसका रुपमा मनाउने गर्दछन् । बिशेष गरेर कार्यालय प्रमुखहरु, मन्त्रीहरु, सवैले गरामा गएर रोपारहरुसँग हिलो खेल्ने लगायतका कामहरु गर्ने गर्दछन् ।रोपाँईमा गरेको सामान्य हरकतले कृषि मन्त्रिको पद समेत धरापमा परेका बेला दैलेखको तोली गाविसमा पनि यसपालिको रोपाँई दिवस केन्द्रको भन्दा कमि थिएन ।
मगर समुदायको खेतमा रोपाँई गरिएकै कारणले आफ्नो सगुनको रुपमा प्रदान गरेको मदिराले पनि रोपाँई तताएको थियो । धान दिवश मनाउने नाममा ठूलो रकम खर्च गरि मदिरामा रमाउने र कृषकको समय खेर फाल्ने काम हुने गरेको भन्ने गुनासोलाई अवका दिनदेखि आयोजकले गम्भिर भएर सोच्नुपर्ने देखिएको छ ।
दुई दिन पहिले तोली गाविसमा गरिएको धान दिवसमा अधिकाँस जनताले त्यस्तै गुनासो गरेका छन् ।
कृषिले प्रत्यक वर्ष धान दिवस मनाउने गरेको छ । धानदिवसका दिनमा मात्रै गरिएको तामझाम सँगै उत्पादन बृद्धिका लागि कृषकहरुलाई नयाँ पन दिनुपर्ने देखिएको छ । एक दिनमा खर्च भएको रकमको कृषकलाई विउ मल र अन्य साम्रागी दिएको भए कृषकहरुको मुहारमा खुशि छाउने थियो ।
अव दिवससँगै कृषि क्रान्तिका लागि नयाँ पन दिनुपर्ने अवश्यकता देखिएको छ जन जनलाई चेतान भया ।








